-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र दोस्रो बजारलाई सन्तुुलित र स्थायी बनाउन ‘मार्केट मेकर’ले प्रमुुख भूमिका खेल्ने बताइए पनि नेपालमा यस्तो अभ्यास सफल हुन सकेको छैन । 

हालै नागरिक लगानी कोष ‘नागरिक स्टक डिलर’ कम्पनीका रुपमा दर्ता गरी सेयर बजार प्रवेश गर्ने तयारी गरिरहेको बेला स्टक डिलर र मार्केट मेकरको पुनः चर्चा हुुन थालेको छ । 

धेरैलाई यी दुई विषय नयाँ लाग्न सके पनि अढाई दशकअघि नै कोषले मार्केट मेकरको रुपमा काम गरिसकेको थियो । 

वि.सं.२०५० सालमा नेप्सेले २३ स्टक ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी र विभिन्न १० वटा कम्पनीहरुलाई ‘मार्केट मेकर’को लाइसेन्स दिएको थियो ।

तत्कालीन समयमा ‘मार्केट मेकर’का रुपमा नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी, नेपाल मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स(हाल एनएमबी बैंक), नेपाल फाइनान्स कम्पनी, युुनाइटेड फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स(नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, एनआइडीसी क्यापिटल, नागरिक लगानी कोष, गौरीशंकर फाइनान्स लगायत कम्पनीहरुले लाइसेन्स पाएका थिए । 

मार्केट मेकरका रुपमा काम गर्न लाइसेन्स पाएका यी १० कम्पनीले सुुरुवाती २–३ वर्ष सक्रिय रहे, तर लाइसेन्स पाउनेमा बैंक तथा वित्तीय संस्थाहरु नै भएका र नेप्सेमा सूूचिकृृत लगभग प्रायः बैंक वित्तीय संस्था नै भइदिँदा नेपाल राष्ट्रबैंकले क्रस होल्डिङ इस्यू उठाउँदै यी मार्केट मेकरका रुपमा आएका कम्पनीहरुलाई निस्क्रिय पारिदिने काम गरेको थियो ।

एककरोड चुुक्तापूूँजी बनाएर स्थापित मार्केट मेकरका रुपमा आएका ती कम्पनीहरुले तत्कालीन समयमा म्यानुुअलमा सेयर कारोबार हुुने हुँदा नाफा आफूूतिर र घाटा चाहिँ कम्पनीलाई भिडाउने गलत अभ्यास गरेकाले मार्केट मेकरका रुपमा स्थायीत्व र निरन्तरता नपाएको जानकारहरुको भनाइ छ ।

यसैगरी, २०५५–५६ सालताका नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स(हाल एनबीबी), एनआइडीसी क्यापिटल, युुनाइटेड फाइनान्स, हिमालयन फाइनान्सले पोर्टफोलियो व्यवस्थापन गर्न १ करोड चुुक्तापूँजीमा स्थापना भए । पछि ती कम्पनीहरुले हालको जस्तो धितोपत्र प्रत्याभूूत र जारी गर्न नपाएका कारण संस्था घाटामा गएकाले पोर्टफोलियो व्यवस्थापनको जिम्मेवारीबाट अलग भएका थिए । 

आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने, धितोपत्रको खरिद तथा बिक्री दुवै मूूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माताको रुपमा कार्य गर्नुुका साथै नेपाल धितोपत्र बोर्डले तोकेको व्यवस्था अनुुसार धितोपत्रको अण्डरराइटिङ गर्ने गरी बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीलाई ‘बजार निर्माता’ भनिन्छ । बजार निर्माताले आफूूले जारी गरेको धितोपत्रको व्यापार गर्न भने पाउँदैनन् ।