काठमाण्डौ । अनामनगर केन्द्रीय कार्यालय रहेको स्टक ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटीज प्रालिले मार्जिन ट्रेडिङ, अनलाइन ट्रेडिङ र ‘मेरो सेयर’, ईडीआइएस लगायतका विषयमा लगानीकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।
शुक्रबार भिजन सेक्युरिटीजबाट अनलाइन युजर आईडी लिएका लगानीकर्ताहरुको द्विविधा हटाउन र अनलाइन ट्रेडिङको रियल टाइमबाट सकेसम्म फाइदा उठाउने बनाउने उद्देश्यले २ घण्टा तालिम दिइएको भिजनका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।
‘अनलाइन कारोबार प्रणाली सिकाउने हाम्रो दायित्व हो ।’ कार्यकारी अध्यक्ष तिमिल्सिनाले बिजशालासँग भने–लगानीकर्ताहरुलाई फुर्सदमा पर्फेक्ट बनार्इ सहज ढंगले सचेतना होस् भन्ने हाम्रो अभिप्राय हो ।’
प्रशिक्षण कार्यक्रममा दर्पण पोख्रेलले अनलाइन कारोबार र दिप अर्यालले मेरो सेयर र डीपीका बारेमा जानकारी प्रदान गरे भने संस्थाका कार्यकारी अध्यक्ष तिमिल्सिनाले समग्र कारोबार प्रणाली, धितोपत्र राफसाफ प्रक्रिया र मार्जिन ट्रेडिङका बारेमा प्रकाश पारेका थिए ।
भिजन सेक्युरिटीजले आयोजना गरेको कार्यक्रममा उपस्थित सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले तालिम कार्यक्रमको प्रंशसा गर्दै स–साना कुराहरु पनि सरल ढंगबाट सिकाईएको र यसबाट नवप्रवेशी लगानीकर्ताहरुले अधिक फाइदा लिनसक्ने दाबी समेत गरे । सबै ब्रोकरहरुद्वारा भिजनले जस्तै नियमित रुपमा यस्ता तालिमहरु कार्यक्रम आयोजना गर्नुपर्नेमा उपाध्यक्ष फुल्लेलले जोड दिए ।
पछिल्लो तथ्यांकअनुसार भिजन सेक्युरिटीजबाट अनलाईन युजर आइडी र पासवर्ड लिनेको संख्या ९ सय बढी रहेको छ ।
तालिम कार्यक्रममा आन्तरिक स्रोतबाट नै प्रशिक्षण कार्यक्रम गरिएकोमा ७३ जना लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
भिजनले बनेपामा सम्भवत आगामी शुक्रबार यस्तै तालिम प्रदान गर्ने र यो क्रमशः भैरहवामा समेत आयोजना गरिन लागेको कार्यकारी अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
भिजन सेक्युरिटीजले मार्जिन कारोबार सुविधा संचालनका लागि हिजो असार १२ गते बुधबार नेप्सेबाट अनुमति पाइसकेको छ ।
यसरी नेप्सेले ल्याएको अनलाइन ट्रेडिङमा लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुबाट पनि निशुल्क तालिम दिएको खण्डमा अनलाइन कारोबार प्रणालीमा समेत उल्लेख्य सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19