काठमाण्डौ । नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) ले आफ्ना ग्राहकका लागि मार्जिन कर्जामा थप दुई नयाँ योजना ल्याएको छ।
पहिलो योजनाअन्तर्गत २५ लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्ने नासाले जनाएको छ। यो योजना ३० दिने अवधिको हुनेछ भने सेवा सुरु गरेबापत लगानीकर्तालाई २४ हजार ५५५ रुपैयाँ शुल्क लाग्ने कम्पनीले स्पष्ट पारेको छ।
दोस्रो योजनाअन्तर्गत २५ लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ। यो योजनामा सहभागी हुन चाहने ग्राहकलाई ४९ हजार ९५५ रुपैयाँ शुल्क लाग्ने नासाले जनाएको छ।
यसैगरी नासा सेक्युरिटिजले साविकको योजनाअन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ३० र ५८ दिने अवधिका शुल्क पनि घटाएको छ। अब ३० दिने अवधिबापत सेवा शुल्क ९ हजार ५५५ रुपैयाँ र ५८ दिने अवधिबापत १९ हजार ५५५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago