काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारका लागि योग्य सूचिकृत कम्पनीहरुको सूचि सार्वजनिक गरेको छ ।
मार्जिन कारोबार सुविधा कार्यविधि–२०७५ को दफा ८ मा तोकिएको व्यवस्था बमोजिम कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको, पछिल्ला २ आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोश्रो बजारमा अघिल्लो आर्थिकवर्षभरि कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधायोग्य धितोपत्रको सूचिमा अटाउन सक्ने व्यवस्था रहेको छ ।
सोही बमोजिम नेप्सेले आज उक्त कार्यविधिको दफा ९ मा मार्जिन कारोबार योग्य धितोपत्रको सूचि सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुरुप चालु आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रहरुको सूचि सार्वजनिक गरेको हो ।
जसमा वाणिज्य बैंक समूहबाट ११ वटा, विकास बैंकबाट ६ वटा, लघुवित्तबाट ९ वटा, जलविद्युत कम्पनीबाट ३ वटा, होटल समूहबाट एउटा र अन्य समूहबाट एउटा कम्पनी मात्र परेका हुन् ।
यो कार्यविधि अनुसार अधिकांश राम्रा भनिएका कम्पनीहरुको मार्जिन कारोबारयोग्य भएनन् ।
कुन समूहबाट कुन कम्पनी परे ? सूचि यसप्रकार छः
वाणिज्य बैंक
१.एभरेष्ट बैंक
२.ग्लोबल आइएमई
३.माछापुच्छ्रे बैंक
४. नेपाल बंगलादेश बैंक
५. नेपाल इन्भेष्टमेन्ट बैंक
६.एनआइसी एशिया बैंक
७.सानिमा बैंक
८.एसबीआई बैंक
९.सनराइज बैंक
१०.सिद्धार्थ बैंक
११. हिमालयन बैंक
विकास बैंक समूह
१. गरिमा विकास बैंक
२.मुक्तिनाथ विकास बैंक
३.कैलाश विकास बैंक
४.पूर्णिमा विकास बैंक
५.तिनाउ डेभलपमेन्ट बैंक
६.गण्डकी विकास बैंक
लघुवित्त समूह
१.आरएसडिसी लघुवित्त वित्तीय संस्था लि.
२.विजय लघुवित्त वित्तीय संस्था लिमीटेड
३.वोमी माइक्रोफाइनान्स वित्तीय संस्था
४.आरएमडिसी लघुवित्त वित्तीय संस्था लि.
५.एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लि.
६. फरवार्ड कम्युनिटि लघुवित्त वित्तीय संस्था लि.
७.लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.
८.ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.
९.नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.
जलविद्यूत समूह
१.चिलिमे हाइडोपावर
२.बुटवल पावर कम्पनी लि.
३.न्यादी ग्रुप पावर लिमीटेड
होटलतर्फ
१.ओरिएन्टेल होटल लि.
अन्यतर्फ
१.नेपाल टेलिकम
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago