काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बुधबार बजारसम्बद्ध पक्षहरुबीच मार्जिन कारोबार प्रणालीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको छ ।
नेप्सेले आवश्यक मापदण्ड पूरा गरेका ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार कार्यविधि, २०७५ बमोजिम मार्जिन कारोबार सुविधाको अनुमति दिन लागेको छ ।
आजका मितिसम्म नेप्सेमा १७ ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार गर्न आवेदन दिएका छन् भने ३ वटा ब्रोकर कम्पनीहरुलाई नेप्सेले सिफारिस दिइसकेको छ । ब्रोकर नम्बर ३४ र ३६ ले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खेर बसेका छन् । ब्रोकर नम्बर ५० ले केहीदिनअघि नै राष्ट्र बैंकबाट मार्जिन ट्रेडिङको अनुमति पाइसकेको छ ।
नेप्सेमा भएको छलफलमा मार्जिन कारोबार कसरी अगाडि बढाउने र यसका समस्याहरुको पहिचान र प्रक्रियाका बारेमा केन्द्रित भएको बैठकमा सहभागी एक ब्रोकरले जानकारी दिए । उनले भने–‘सिडिएससीको राफसाफ प्रणाली र हामी ब्रोकरहरुका ब्याकअप प्रणाली जतिसक्दो छिटो बनाएर सेवा सुचारु गर्ने विषयमा कुराकानी भयो । छिटोछरितो तथा प्रभावकारी रुपमा मार्जिन कारोबार सुविधा आम लगानीकर्ताहरुलाई सेवा दिन सम्बद्ध पक्षहरुबीच आज घनीभूत रुपमा छलफल भयो । छलफल सकारात्मक र उपयोगी रह्यो ।’
नेप्सेमा भएको छलफलमा नेप्सेका उच्च अधिकारीहरु, सिडिएससीका प्रतिनिधि र ब्रोकरहरुको सहभागिता थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago