काठमाण्डौ ।माविलुङ्ग  ईनर्जीले आगामी मंसिर २१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। 

सभा कम्पनीको कुपन्डोलस्थित कार्यालयमा हुने छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसैगरी सोही सभाले वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त,कम्पनीको कार्ययोजना तथा अन्य प्रस्तावहरु पारित गर्ने छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका  १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धमा यसअघि नै लक्ष्मी क्यापिटललाई नियुक्त गरिसकेको छ ।


कम्पनीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ  ।