काठमाण्डौ । सरकारले वर्षायाममा ५० युनिटसम्म विद्युत निःशुल्क गरिने घोषणा गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

उनका अनुसार सरकारले वर्षायाममा मासिक ५० युनिटसम्म र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्नेहरुले विद्युत महसुल तिर्नुपर्नेछैन । 

यस्तै, सरकारले खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होबाट प्रतिस्थापन गर्ने घोषणा समेत गरेका छ।

यसैगरी, हाइड्रोजन इन्धनको उत्पादन र सम्भाव्यता पनि अध्ययन हुने सरकारी घोषणा छ ।