काठमाण्डौ । आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका केही व्यवसायीहरुलाई प्रदान गर्दै आएको चौमासिक रुपमा करको विवरण पेस गर्ने सुविधा खारेज गरेको छ।
विभागले मूल्य अभिवृद्धि कर निमायवली, २०५३को नियम २६मा संशोधन गर्दै साबिकमा रहेको इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेस गर्ने अवधि चौमसिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज गरेको हो। यसबारे विभागले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ।
संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ।
हाल द्वैमासिक अवधिमा मूल्य अभिवृद्धि कर विवरण दाखिला गर्ने सुविधा नरहेकोले वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएका करदाताले मासिक रुपमा नै विवरण दाखिला गर्नुपर्नेसमेत विभागले जनाएको छ। थप जानकारी लागि आफू दर्ता रहेको कार्यालयमा सम्पर्क राख्न पनि विभागले आग्रह गरेको छ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19