 
                     
                                
                             
                                    काठमाण्डौ। मोरङ जिल्लामा अब मास्क नलगाई हिँड्नेलाई १ महिनासम्म कैद सजाय गरिने भएको छ।
पछिल्लो समय मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको विषयमा रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न मास्क अनिवार्य गरिएको हो। कोरोना संकट व्यवस्थापन केन्द्र मोरङको बैठकले अब घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारणका लागि नियम बनाएको हो।
यो नियम उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दिनानुदिन कोरोना संक्रमण मामिला बढिरहेकोले सबैले स्वास्थ्य सुरक्षाप्रति सतर्कता अपनाउनुपर्नेमा प्रशासनले जोड दिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19