 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार बहिष्कार गर्न आग्रह गरेको छ।
बढ्दो कोभिड–१९ महामारीसँग जुध्ने एकमात्र अस्त्रका रुपमा रहेको मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार तथा सूचनाहरुलाई निरुत्साहित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी आग्रह गरेको हो। त्यस्ता व्यक्तिको समाचार नदिन, प्रकाशन तथा प्रसारण नगरिदिनुहुन पनि मन्त्रालयले अपिल गरेको छ।
यो महामारीसँग जुध्नका लागि सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुले निर्वाह गरिरहेको सक्रियता तथा भूमिकाप्रति मन्त्रालयले आभार प्रकट गरेको छ।
समाजका अगुवाहरुको क्रियाकलापलाई सबैले अनुशरणसमेत गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन तथा सार्वजनिक समारोह र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नभइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19