 
                     
                                
                             
                                    काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा असोज १० गते (बुधबार) बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे राखिएको छ।
कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो।
सीडीएससीका अनुसार यो आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। जुन मागभन्दा २४.३४ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19