काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको झन्डै ७३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकले राजीवन भट्टराई र अनिल अग्रवालको नाममा रहेको कुल ७२ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा भट्टराईको ४३ हजार ७४० कित्ता र अग्रवालको २९ हजार १५८ कित्ता रहेका छन्।
बिक्रीमा राखिएको यी सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन्। यो सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई सुनसरीको धरान–१२ महेन्द्रपथस्थित बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आवेदन दिन सक्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19