काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षका लागि प्रस्तावित १८.५२५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार बैंकको सेयर प्रतिकित्ता ३९१.४८ रुपैयाँ कायम भएको छ।
अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।
बैंकको प्रस्तावित बोनस सेयर आगामी चैत्र ७ गते हुने वार्षिक साधारणसभाबाट पारित हुनेछ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले आज मंगलबार (फागुन २७) गतेदेखि बुक क्लोज गरेको छ।तसर्थ फागुन २३ गतेभित्र कायम सेयरधनीहरुमात्र बैंकको वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19