काठमाण्डौ । धितोपत्र बोर्डले मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद निश्कासनको अनुमति दिएको छ । 

बोर्डले पुस १३ गते मिथिला लघुवित्तलाई ५० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो । 

यो अनुमतिसँगै मिथिलाले १०० रुपैयाँ अंकित दरका ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद निश्कासन गर्नेछ ।

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम काठमाण्डौ क्यापिटल लिमीटेडले गर्नेछ ।

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १०.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ ।

घोषित बोनस सेयर १०.४५ र हकप्रद ५० प्रतिशतपछि कम्पनीको चुक्तापूँजी १० करोड ५९ लाखको उचाईमा पुग्नेछ । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता  रु.९३० रहेको छ ।