काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आज(माघ १७) गतेदेखि आफ्ना सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर निश्कासन गरेको हो । 

हकप्रद सेयर खरीद गर्न चाहने कम्पनीका सेयरधनीले आगामी फागुन २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

सेयरधनीले काठमाण्डौ क्यापिटल मार्केट, मिथिला लघुवित्तका शाखा वा आस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका शाखाबाट वा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

यो कम्पनीले हकप्रद प्रयोजनका लागि माघ १ गते बुक क्लोज गरेको थियो । यसको अर्थ त्यसको ठीक एकदिनअघिसम्म कायम सेयरधनी मात्र हकप्रदका लागि योग्य हुनेछन् ।

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १०.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । ५० प्रतिशत हकप्रद र १०.४५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १०.५९ करोडको उचाईमा पुग्नेछ ।