काठमाण्डौ । दोश्रो बजारमा करिब ५०० को हाराहारीमा  कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर अक्सनबाट उठाउने अवसर आउने भएको छ । 

यो कम्पनीले माघ १७ गतेदेखि फागुन २९ गतेसम्म ५० प्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । 

निश्कासित कुल ३ लाख २९ हजार ८८९.६९ कित्तामध्ये नबिकेको २१ हजार ४६२.६९ कित्ता लिलामीमार्फत बिक्री हुने भएको हो । 

यसको अर्थ यो कम्पनीले निश्कासन गरेकोमध्ये ३ लाख ८ हजार ४२७ कित्ता मात्रै बिक्री भएको हो । 

हकप्रदको बाँडफाँड चैत २५ गते भएको निश्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि १०.४५ प्रतिशत बोनस सेयर वितरणको घोषणा यसअघि गरिसकेको छ । हकप्रद र बोनस सेयरपछि कम्पनीको चुक्तापुँजी बढेर १० करोड ५९ लाखको उचाईमा पुगेको छ ।