काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले चुक्तापुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ७९ हजार २४० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले चुक्तापुँजीको ०.७८ प्रतिशतले हुन आउने ८ लाख ३५ हजार ७४९.४९ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र त्यहाँबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।