काठमाण्डौ । सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यी बिरामीका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी गराएका हुन्। यी बिरामीलाई औषधोपचार खर्चबापत मासिक ५ हजार रुपैयाँ दिने सरकारले घोषणा गरेको उनले जानकारी दिए। 

यो कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ।