काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।
जसअनुसार कम्पनीले चालू आवको उक्त अवधिसम्ममा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.४८ प्रतिशतले कमी हो ।
गत आवको सोहि अवधिसम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा १७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत आवको सोहि अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसैगरी उक्त अवधिमा कम्पनीको खूद फी तथा कमिशन आम्दानी पनि ११.५१ प्रतिशतले घटेको छ। त्यस्तै कुल सञ्चालन मुनाफा पनि २१.९५ प्रतिशतले घटेको छ ।
सञ्चालन मुनाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ।६६ करोड ५७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.५७ रुपैयाँ घटेर १०.२२ रुपैयाँमा झरेको छ।
कम्पनीको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19