काठमाण्डौ । कोरोनाभाइरस महामारी अहिलेसम्म विश्वमा करिब २ लाख मानिसको ज्यान गइसकेको छ भने २८ लाखाभन्दा बढी संक्रमित भइसकेका छन्।

यो विश्व महामारीविरुद्धको लडाइँ सफल पार्न शुक्रबार विश्वभरका नेताहरुले सामूहिक भिडियो कन्फ्रेन्समा कोभिड–१९ टेस्ट, औषधि र भ्याक्सिनको कामलाई तीव्रगतिमा अगाडि बढाउने प्रण गरे। तर यो विश्व रणनीतिमा त्यतिखेर फुट देखियो जब अमेरिकाले विश्व स्वास्थ्य संगठनको यस अभियानमा हिस्सा नलिने घोषणा गर्यो। तर अमेरिकाले यो लडाइँमा आफू पूरै विश्वका साथ खडा रहने प्रण भने गर्यो।

फ्रान्सेली राष्ट्रपति इम्युनुल म्याक्रोन, जर्मन चान्सलर एन्जेला मार्के र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसालगायतका नेताहरुले भिडियो कन्फ्रेन्समा डब्ल्यूएचओ यो कार्यक्रममा सहभागी भएका थिए। डब्ल्यूएचओले यो भिडियो कन्फ्रेन्स महामारीविरुद्ध ‘ऐतिहासिक सहयोग’ हुने जनाएको छ। 

यो बैठकको मुख्य उद्देश्य कोरोनाविरुद्ध सुरक्षित र प्रभावी औषधि, टेस्ट र भ्याक्सिन विकास गर्ने नै थियो। ता कि यो महामारी रोक्न र यसबाट संक्रमित बिरामीलाई ठिक पार्न सकियोस्। 

‘हामी एउटा साझा दुश्मनको सामना गरिरहेका छौँ’

डब्ल्यूएचओका महानिर्देशक टड्रोसले सबै देश एउटा साझा दुश्मनको सामना गरिरहेको बताएका छन्। ‘त्यसैले यसलाई साझा रणनीतिका माध्यमबाट जित्न सकिन्छ’, उनले भनेका छन्, ‘साथै सबै किसिमको उपचार धनीदेखि गरिबसम्म पहुँच पुर्याउने सुनिश्चित गरिनुपर्छ।’

युरोपेली आयोगकी अध्यक्ष उसुला वन डेर लेयेनले यो प्रणको मुख्य उद्देश्य भनेको मेको सुरुआतसम्म ७.५ अर्ब युरो संकलन गर्ने नै हो। जसका माध्यमबाट यो महामारीबाट बच्न र संक्रमितको उपचारको काम तीव्रगतिमा बढाउन सकियोस्। 

लेयेनले यो बैठकले कोरोनाविरुद्धको लडाइँमा पहिलो कदम भएको बताइन्। उनले आउँदा दिन अन्य थुप्रै पहल हुने पनि जानकारी दिइन्।

उता फ्रान्सका राष्ट्रपति म्याक्रोनले आफूहरुको यो अभियानमा चीन र अमेरिका दुवैलाई साथ ल्याउन सकिने विश्वास पनि व्यक्त गरे। ‘किनकि यो महामारीविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक छ, यो लडाइँमा कुनै देशबीच मतभेद हुन हुन्न’, उनले भने। 

अमेरिका, चीन, भारत र रुसले भिडियो कन्फ्रेन्समा भाग लिएनन्

यो बैठकमा एसिया, पश्चिम एसिया र ल्याटिन अमेरिकाका केही देशहरुले भाग लिए तर थुप्रै ठूला मुलुक जस्तै चीन, भारत, अमेरिका र रुसले यो बैठकमा भाग लिएनन्। अमेरिकाले यसअघि नै घोषणा गरेको थियो ऊ यो बैठकमा सहभागी हुने छैन। 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ चीन केन्द्रित भएको आरोप लगाउँदै आएको छ। ट्रम्पले डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि रोकिसकेका छन्।

अहिले विश्वभर कोरोनाविरुद्धको लडाइँका लागि १०० वटाभन्दा बढी भ्याक्सिन विकासका काम भइरहेका छन्। यीमध्ये ६ वटा भ्याक्सिनको मानिसमा परीक्षण पनि सुरु गर्ने अनुमति दिइसकिएको छ। 

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरसविरुद्धको एउटा भ्याक्सिन विकास गरेका छन्। यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने काम भइरहेको छ। 

यो भ्याक्सिन पहिले एएटा सूक्ष्मजीव विज्ञानीमा परीक्षण गरिएको थियो। यो महत्वपूर्ण परीक्षणका क्रममा सहभागी गराइएको ८०० जनामा सूक्ष्मजीव विज्ञानी एलिसा ग्रान्ताओ पहली स्वयंसेविका हुन्। 

एलिसाको विश्वास छ कि यो चिकित्सकीय परीक्षणबाट विश्वल प्राणघात कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउनेछ। एलिसाले बीबीसीसँग भनिन्, ‘म एक वैज्ञानिक हुँ। त्यसैले म वैज्ञानिक प्रक्रियामा मद्दत गर्न चाहन्छु। जहाँसम्म मैले गर्न सक्छु।’

यसै साता यो भ्याक्सिनको परीक्षण सुरु हुँदा एलिसालाई अक्सफोर्डमा भ्याक्सिन दिइएको थियो। उनलाई उनको ३२ औँ जन्म दिनका अवसरमा यो भ्याक्सिन लगाइएको थियो।

‘कोरोनाविरुद्धको भ्याक्सिनमा अत्याधिक भरोसा छ’

यो भ्याक्सिनको अध्ययनमा नेतृत्व गरिरहेका अक्सफोर्ड विश्वविद्यालयको जेनर संस्थानअन्तर्गत भ्याक्सिन विज्ञान विभागकी प्राध्यापक सारा गिलबर्टले आफूले यो भ्याक्सिन सफल हुनेमा पूर्ण विश्वास रहेको बताइन्। उनले भनिन्, ‘अब हामीले यो देखाउनु छ कि यो भ्याक्सिनले साँच्चै प्रभावकारी काम गर्छ  र मानिसलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउँछ। त्यसपछि ठूलो संख्या यो भ्याक्सिनको विकास गरेर उपयोग ल्याउन सकियोस्।’

गिलबर्टले आफू यो भ्याक्सिन परीक्षणको नतिजा राम्रै आउनेमा आशावादी रहेको सुनाइन्। यो भ्याक्सिन सुरक्षित रहेको र प्राणघात कोरोनाभाइरसविरुद्ध शरीरमा राम्रो प्रतिरक्षा प्रतिक्रिया विकास गर्ने क्षमताका बारेमा मत्वपूर्ण सूचना आउन सक्ने उनको भनाइ छ। – एजेन्सी