काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य आज सोमबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११.२५ प्रतिशत बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो बैंकको सेयर प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

मुक्तिनाथले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५०७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ११.२५ बोनस र ४.२५७४ नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकले यही पुस २५ गते डाकेको १४ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले आज पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।