काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले मंगलबार मुक्तिनाथलाई ‘मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डको अनुमतिसँगै अब मुक्तिनाथले १ हजार अंकित दरका कुल १२ लाख ५० हजार इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ।
यो ऋणपत्रको कुल इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सातवर्षे यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
मुक्तिनाथको यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19