काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।
रेटिङ वर्ग (इक्रा–आईआर) एएदेखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बीबी प्लसको स्थिति (इक्रा–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्रा–आईआर) बीबी माइनसको स्थिति (इक्रा–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago