काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै गत फागुन २० निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।

कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। 

धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।