काठमाण्डौ । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो सेयर खाता’ योजना सुचारु गरेको छ।

यस योजनाअन्तर्गत रु. १ हजार ९९९ मा नयाँ डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने तथा उक्त डिम्याट तथा मेरो सेयर खाता आजीवन नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यसका साथै मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलिसकेको हितग्राहीले समेत हालसम्म भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

यस योजनाअन्तर्गत ग्राहकको डिम्याट तथा मेरो सेयर खाताको नवीकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक वर्ष नवीकरण गर्नुपर्ने झन्झटबाट ग्राहक मुक्त हुन सक्नेछन्। 

यस योजनाअन्तर्गत रु. १ हजार ९९९ मा आजीवन डिम्याट तथा मेरो सेयर खाता सुचारु राख्न पाइने, मुक्तिनाथ क्यापिटलले प्रदान गर्दै आइरहेको लगानी व्यवस्थापनसम्बन्धी सेवामा वार्षिक शुल्क छुट पाइने, रु. १ हजार ४९९ शुल्क पर्ने सेयर बजारसम्बन्धी अनलाइन तालिम निःशुल्क प्राप्त गर्न सकिनेलगायत एसएमएस तथा ई–मेलमार्फत डिम्याट खातासम्बन्धी जानकारी प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ। 

यो योजना २०७९ असार अन्तिमसम्म रहनेछ। ग्राहकले यो सुविधा काठमाण्डौको कमलादीस्थित मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकको देशैभर पैmलिएको शाखा कार्यालयमार्फत र ई–सेवाका माध्यमबाट अनलाइन रकम भुक्तानी गरेरसमेत यस योजनामा सहभागी हुन सक्नेछन्। 

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी अन्य मर्चेन्ट सेवाहरु पनि उपलब्ध गर्दै आइरहेको छ।