काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र काठमाण्डौ सामाखुसीस्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। 

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेकोका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापनसम्बन्धी सेवा लिई रहेका ग्राहकले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेकोबाट सेवासुविधाको शुल्कमा १५% छुट प्राप्त गर्न सक्नेछन्। 

मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा उपभोग गर्दै आइरहेका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजनाअन्तर्गत उक्त छुट प्राप्त गर्न सकिनेछ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्यसम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।