काठमाण्डौ । मुक्तिनाथ क्यापिटलले नयाँ वर्ष २०८०का अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत मुक्तिनाथ क्यापिटलमा सेवाग्राहीले २ हजार ८० रुपैयाँमात्रै वार्षिक शुल्क तिरेर मुक्तिनाथ पीएमएस सेवा लिन पाउनेछन्। जसअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ लगानीमै यो सेवा पाउन सकिन्छ। 

यसैगरी अफरअन्तर्गत पुराना डिम्याट खाताधारी र नयाँ सेवाग्राहीले मात्र १ हजार ४९९ रुपैयाँ शुल्क तिरेर आजीवन डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन्। यसअघि यस्तो शुल्क १ हजार ९९९ रुपैयाँ रहेको थियो। नयाँ अफरअन्तर्गत आजीवन डिम्याट र मेरो सेयर खाता खोल्न सेवाग्राहीले २५ प्रतिशत छुट पाउनेछन्। 

पुराना र नयाँ दुवै सेवाग्राहीका लागि यो अफर वैशाख महिनाभरि लागू हुने क्यापिटलले जनाएको छ।