काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १ लाख १९ लाख कित्ता सेयर आज (जेठ ३० गते)बाट बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने हुन्छ। 

इच्छुक संस्थापक सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा खरिद आवेदन दिन सकिनेछ। यसका लागि ३५ दिनभित्र अर्थात साउन १ गतेसम्म म्याद तोकिएको छ।