काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट दिने भएको छ ।
कम्पनीले ग्राहकलाई थप सेवा दिन लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।
काठमाण्डौंको नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग गरेको सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीषा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि : शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।