काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा  संलग्न नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँट गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँट भएको हो ।
 

कम्पनीका अनुसार यस निष्कासनमा  ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो ।जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँट गरिएको छ ।

जसअनुसार मागभन्दा बढीको आवेदन परेकोले  गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । जसअनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्। 

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ सम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले यसपछि आगामी मंसिर ८ गते शुक्रबार
देखि सर्वसाधारणलाई  ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गर्ने छ ।