काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा दोस्रो दिनमा नै ओभर सब्सक्राइब्ड भएको छ । 

सीडिएसीले दिएको जनाकारी अनुसार  आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७लाख ५१ हजार ८२९ आबेदकहरुबाट ८२ लाख ५० हजार ५८० कित्ता सेयर माग भएको छ । कम्पनीको आईपीओमा ८२ करोड ५० लाख ५८ हजार रुपियाँको माग भएको हो ।

गत मंसिर ८ गतेदेखि बिक्री खुल्ला भएको यो कम्पनीको आईपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० अंकित मूल्यमा बिक्री खुला गरेको हो ।

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँे छ । प्रमोटरहरुबाट ५६ करोड रुपैयाँ जम्मा भइसकेको छ भने आईपीओ निष्कासनपछि कुल चुक्तापूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

यसका साथै कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।