काठमाण्डौ । पहिलो दिनमा नै ओभर सब्सक्राइब भएको मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदनको ओइरो परेको छ ।
सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्म १० लाख ५७ हजार ८२८ आबेदकहरुबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार १५० कित्ता सेयर माग भएको छ ।
मंसिर ८ गतेदेखि बिक्री खुल्ला भएको यो कम्पनीको आईपीओमा छिटोमा मंसिर १२ गते(भोलि)सम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० का दरले बिक्री खुलाएको हो ।
कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।
कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।
यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।
यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आईपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ ।
कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19