काठमाण्डौ । आवेदनको ओइरो लागेको मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खरीद गर्ने आज अन्तिम दिन हो । आज बैंकिंग समयपछि आईपीओमा आवेदन लिने क्रम बन्द हुनेछ ।

सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्म १० लाख ५७ हजार ८२८ आबेदकहरुबाट १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार १५० कित्ता सेयर माग भएको छ । 

मंसिर ८ गतेदेखि बिक्री खुल्ला भएको यो कम्पनीको आईपीओमा छिटोमा मंसिर १२ गते(आजसम्म) मात्रै आवेदन दिन सकिन्छ । 

कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु। १०० का दरले बिक्री खुलाएको हो । 

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो । 

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आईपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । 

कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।