काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार बिहान बाँडफाँट भएको छ । 

धितोपत्र निष्कासन तथा एनआईएमबि एस क्यापिटलका अनुसार मंगलबार बिहान भएको बाँडफाँटमा १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएको छ ।

बाँकी आवेदन भने रद्द भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। 

कम्पनीले  गत मंसिर ८ देखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको थियो। 

सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुगेको छ ।