काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको बिहीबार १७८ रुपैयाँमा पहिलो कारोबार सुरु भएको छ।

आजदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८.८  रुपैयाँमा भएको हो। कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सूचीकृत भएको थियो ।

कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको स्टक सिम्बोल ‘एमकेसीएल’ रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६.८१  रुपैयाँ देखि २३०.४३  रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो।