काठमाण्डौ । अधिकांश सूचकहरुमा देशकै टप विकास बैंक, मुक्तिनाथ विकास बैंकले निश्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ ।

यो बैंकले चुक्तापूँजीको २० प्रतिशतको दरले १०० रुपैयाँ अंकित दरका हकप्रद सेयरहरु भदौ १२ गतेदेखि निश्कासन गरेको थियो । बैंकका सेयरधनीहरुले हकप्रद खरीदका लागि आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने ।

बैंकले हकप्रद प्रयोजनका लागि साउन ३१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन ३० गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

मुक्तिनाथ विकास बैंकको मंगलबारसम्म अन्तिम कारोबार मूल्य ३०८ रुपैयाँ रहेको छ ।