काठमाण्डौ । सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्। ‘यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना र सूचना प्रविधि उद्योग प्रवर्द्ध तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिइनेछ’, उनले भने।
यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने र कार्यकुशलता वृद्धि हुने तथा पारदर्शी र सुशासन प्रवर्द्धन प्रतिस्पर्धी क्षमता वृद्धि हुने अपेक्षा सरकारले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago