काठमाण्डौ। अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्र चलायमान हुन थालेको निष्कर्ष निकालेको छ।
मन्त्रालयले अर्थ बुलेलिन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो। मन्त्रालयले मुलुकको अर्थतन्त्र चलायनमा हुन थालेकाले प्रथम त्रैमासिक अवधिको पछिल्लो अवधिमा पुँजीगत खर्च वृद्धि हुन थालेको स्पष्ट पारेको छ।
कोरोना महामारीका कारण चालु आर्थिक वर्षको सुरुका महिनाहरुमा विकास निर्माणका कार्यहरु पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पुँजीगत खर्च अपेक्षित रुपमा वृद्धि हुन नसके पनि अर्थतन्त्र चलायनमा हुन थालेकाले प्रथम त्रैमासको पछिल्लो अवधिमा पुँजीगत खर्च पनि वृद्धि हुन थालेको अर्थ बुलेटिनमा उल्लेख छ। चालु आर्थिक वर्षको कात्तिकसम्म संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको २ खर्ब २६ अर्ब १ करोड रुपैयाँको तुलनामा १९.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६९ अर्ब ७ करोड पुगेको छ। कुल खर्चमध्ये चालु खर्च २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ, पुँजीगत खर्च २९ अर्ब ४५ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
यस अवधिमा वित्तीय पहुँच विस्तार भएको जनाउँदै मन्त्रालयले नेप्से सूचकांकमा देखिएको निरन्तर सुधारले पुँजीबजार थप सवलीकृत हुनुका साथै अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको ठहर गरेको छ।
प्रथम त्रैमासमा व्यापार सन्तुलन, चालु खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा क्रमिक रुपले सुधार भई बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाको जोखिमका कारण पैठारीमा संकुचन आउने क्रम जारी रहेकोले आर्थिक क्रियाकलाप विस्तारमा केही चुनौती देखिएको मन्त्रालयको भनाइ छ। निकासी वृद्धि भएका कारणबाट व्यापार घाटामा १२.५ प्रतिशतले सुधार भएको छ।
पहिलो त्रैमासिकको कुल व्यापारमा निकासी र पैठारीको अंश क्रमशः ९.०८ प्रतिशत र ९१.९२ प्रतिशत पुगेको छ। लक्ष्यको करिब ९४ प्रतिशत कर राज्य संकलन भएको छ भने आयकर राजस्व २.७ प्रतिशतले बढेको छ। भन्सार विन्दुमा संकलन हुने राजस्व पनि २.२ प्रतिशतले बढेको छ।
यो अवधिमा आन्तरिक राजस्व परिचालन पनि सुधारोन्मुख रहेको छ। वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य रुपमा वृद्धि भई ९० अर्ब ५५ करोड रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19