काठमाण्डौ। प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। 

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्। उनले ३ हजार ९९२ मत पाएका छन्। 

गौचनले निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएका हुन्। योगेशले ३ हजार ९९२ मत पाएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाएका छन्।