काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस सेयरका लागि एनसीसी बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७८.०१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८४ रुपैयाँ थियो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज कात्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। एनसीसी बैंक कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको सेयर कारोबार रोक्का रहेको छ।
बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश अनु्मोदन गर्नेछ। जसमा ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्।
बोनस सेयर वितरणपछि बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19