काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज प्रभु बैंक र चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता प्रभु बैंकको १८९.५८ रुपैयाँ र चिलिमेको ३६२.७९ रुपैयाँ कायम गरेको हो। आज यी दुवैको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः २०१.९० रुपैयाँ र ३९० रुपैयाँ कायम भएको थियो। अब आइतबार यी दुवै कम्पनीको सेयर समायोजित मूल्यअनुसार नै कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि प्रभु बैंकले भोलि पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज मंसिर २९ गतेसम्म कायम सेयरधनीमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सेञ्चुरी बैंकलाई प्राप्ति गर्न संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कामकारबाही सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
यसैगरी चिलिमे जलविद्युतले लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २९ गते (पुस १ गते शुक्रबार र पुस २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ७.६ प्रतिशतले हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको बोनस सेयर र ७.६ प्रतिशतले नै हुन आउने ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19