काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि सिभिल बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सिभिल बैंक, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र सिवाईसी लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता सिभिल बैंकको २३८.१० रुपैयाँ, पोखरा फाइनान्सको ३७३.०८ रुपैयाँ, आईसीएफसी फाइनान्सको ४४५.७१ रुपैयाँ, श्री इन्भेस्टमेन्टको ३२९.१० रुपैयाँ र सिवाईसी लघुवित्तको १९२९.२३ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सिभिल बैंकको २५० रुपैयाँं, पोखरा फाइनान्सको ३८८ रुपैयाँ, आईसीएफसी फाइनान्सको ४५६ रुपैयाँ, श्री इन्भेस्टमेन्टको ३३७ रुपैयाँ र सिवाईसी लघुवित्तको २५०८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।  

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी सबै कम्पनीले आज पुस १९ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

सिभिल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा यही पुस २८ गते काठमाण्डौको कालिकास्थानस्थित अमृभोगमा बिहान ११ आयोजना गर्नेछ। सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पारित हुनेछ। 

यसैगरी पोखरा फाइनान्सले २६ औँ वार्षिक साधारणसभा यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बाँस्तोलाथरस्थित दरबारथोक ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश छन्। 

आईसीएफसी फाइनान्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ७.६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.४ प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश छन्। 

यस्तै सिवाईसी लघुवित्तले चौथो वार्षिक साधारणसभा यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ३१.५८ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश छन्।