काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले सबैको लघुवित्त, सिभिल लघुवित्त र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता सबैको लघुवित्तको ७११.८६ रुपैयाँ, सिभिल लघुवित्तको ६७४.७७ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५२०.९९ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सबैको लघुवित्तको ८४० रुपैयाँ, सिभिल लघुवित्तको ७४९ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५५५.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि सबैको लघुवित्त र सिभिल लघुवित्तले फागुन १४ गते र प्रभु इन्स्योरेन्स आज फागुन १२ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ हिजो फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
सबैको लघुवित्तले आफ्नो छैटौँ वार्षिक साधारणसभा यही फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १८.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
यसैगरी सिभिल लघुवित्तले आफ्नो ११ औँ वार्षिक साधारणसभा यही फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्।
त्यस्तै प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19