काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै युनाइटेड मोदी हाइड्रोपावरको प्रतिकित्ता २५३.२७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २७१ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीको आज चैत ९ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत ८ सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणभा यही चैत २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश छन्।
सभाले कम्पनीको जारी पुँजी वृद्धि हुने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अमित पाण्डेलाई ४ वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago