काठमाण्डौ । गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज बिहीबार सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनउत्थान सामुदायिकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३ हजार ६११ रुपैयाँ कायम गरेको हो। हिजोको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता ५ हजार ३९५ पुगेको थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको सेयरका कारोबार खुल्नेछ।
जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४९.४ प्रतिशत बोनस सेयर र २.६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको यही वैशाख ३० गते हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
सभा र लाभांश प्रयोजनार्थ संस्थाले आज वैशाख २३ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो वैशाख २२ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले प्रस्तावले गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago