काठमाण्डौ । हकप्रद सेयर प्रयोजनार्थ हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता १५१.१४ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८९.५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछन्।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि आज वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो वैशाख २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य भएका छन्। 

कम्पनीको गत भदौ १९ गते सम्पन्न १३ औँ र १४ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको १ः०.७ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रस्तावित हकप्रदलाई नेपाल धितोपत्र बोर्डले केही दिनअघि निष्कासनको अनुमति दिएको थियो। 

यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री खुला गर्नेछ। 

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।