काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै जाल्पा सामुदायिक लघुवित्तको प्रतिकित्ता १४३४.५७ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १६३९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्त सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आज जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
संस्थाको जारी र चुक्तापुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19