काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीआईटीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २६१३ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सीआईटीले आज असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सीआईटीले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभाले काठमाण्डौको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।
सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्येबाट त्यस्ता संस्थाले तोकेबमोजिम निर्वाचित वा मनोनित गरेको १ जना सञ्चालक पदमा निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19