काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७४४ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ७६६ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबार खुल्नेछ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल ६.७५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद छन्।
प्रस्तावित लाभांश अनुमोदनका कम्पनीले आउँदो जेठ २८ गते २७ औँ वार्षिक साधारणसभा डाकेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज जेठ १३ गते बुक क्लोजन गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। जेठ १२ गते बुद्धजयन्ती परेकोले सार्वजनिक बिदा दिइएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19