काठमाण्डौ । लाभांश प्रयोजनार्थ लक्ष्मी म्युचुअल फन्डअन्तर्गत लक्ष्मी उन्नति कोषको इकाइमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन प्रतिइकाइ लक्ष्मी उन्नति कोषको ८.३० रुपैयाँ कायम गरेको हो। अन्तिम कारोबार मूल्यअनुसार यो योजनाको प्रतिइकाइ ९.२५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो योजनाका इकाइहरु कारोबारमा आउनेछन्। 

यो योजनाको लाभांश वितरणार्थ आज साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन ३१ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन्। 

आर्थिक वर्ष २०७९–८०का लागि करसहित लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय लक्ष्मी क्यापिटलले गरेको छ।